बंगलाचुली गाउँपालिकामा एम्बुलेन्स सेवा संन्चालन

  • १० मंसिर २०७६, मंगलवार ११:५६ मा प्रकाशित

  • -बसन्त अनुभब-
    दाङ्ग
    दाङकाे बंगलाचुली गाउँपालिकाले अाज देखि एम्बुलेन्स सेवा संचालन शुरु गरेको छ । यस अघि लोहारपानी स्वा.चौ. र प्रा.स्वा.के. स्युजाबाट त्यस भेगका सेवाग्राहीहरुलाई एम्बुलेन्स सेवा प्रदान दिइराखेको भएता पनि बंगलाचुली गा.पा. वडा नं.७ र ८ का सेवाग्राहीले सेवा लिन नसकिरहेको अवस्था थियो ।

    बंगलाचुली गाउँपालिकाले बिशेषत उक्त गा.पा.को वडा नं. ७ र ८ लाई लक्षित गरेर आफ्नै नामबाट एम्बुलेन्स सेवा सुरू गरेको हाे । यसबाट उक्त वडाहरु सहित पायक पर्ने अन्य वडाका सेवाग्राहीहरु समेत लाभान्वित हुने विश्वास लिइएको छ ।

    नयाँ एम्बुलेन्सकाे गा.पा. अध्यक्ष भक्त बहादुर अाेलीले एक कार्यक्रमका विच उद्घाटन गर्नु भएकाे थियो । साथै सोही कार्यक्रममा गा.पा.अध्यक्ष भक्त बहादुर वलीले वडा नं. ८ का अध्यक्ष गिरराज बाँठा, वडा नं. ७ का अध्यक्ष गिरबहादुर थापा र सि.अ.हे.व.अघिकृत लाल बहादुर घर्तिलाई संयुक्त रुपमा एम्बुलेन्स हस्तान्तरण समेत गर्नु भएकाे थियो।

    उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा गा.पा.उपाध्यक्ष यमुना घर्ती, वडाध्यक्षहरु नारायण डाँगी, शोभराज बि.क., ले.अ. नारायण आचार्य, नेब बहादुर के.सी., इन्द्रा घर्ती, पार्वती राना लगायतका ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

    Leave a Reply

    Your email address will not be published.