अभिमुखिकरण कार्यक्रम सम्पन्न

  • १० मंसिर २०७६, मंगलवार ०४:१७ मा प्रकाशित

  • -बसन्त अनुभब-
    दाङ्ग, मिति २०७६/८/९ गते किशोरीहरुको लागि आइरन तथा फोलिक एसिड बितरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम अमर मा.वि.उरहरी दाङमा सम्पन्न भएको छ। किशोरीहरुमा देखा पर्ने रक्ताल्पता सम्बन्धि समस्याको रोकथाम गर्ने उद्देश्यका साथ यस कार्यक्रमको आयोजना गरिएको थियो । उरहरी स्वास्थ्यचौकीको आयोजनामा भएको यस कार्यक्रममा सहभागी किशोरीहरु मध्य बाट ९ सदस्यीय पोषण च्याम्पियन समुह समेत गठन गरिएको थियो । उक्त कार्यक्रममा वि.व्य.स. अध्यक्ष श्री टेक बहादुर के.सी.,प्रधानाध्यापक श्री पदम प्रसाद न्यौपाने,शिक्षक श्री गोमा बालन क्षेत्री ,भुवनेश्वर आचार्य,नारायण भण्डारी र कक्षा ५ देखि १० सम्मका छात्राहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको अभिमुखिकरण उरहरी स्वा.चौ.का प्रमुख चित्र बहादुर वली र हे.अ. यज्ञ बहादुर के.सी.ले गर्नु भएको थियो ।

    Leave a Reply

    Your email address will not be published.