त्रिशुली नदीमा पुरुषको शव भेटियो

  • १६ आश्विन २०७८, शनिबार १५:५६ मा प्रकाशित
  • १६ असोज, चितवन । चितवनको इच्छाकामना गाउँपालिका- वडा नं. ४ धारापानी नजिक त्रिशुली नदीमा एक युवकको शव फेला परेको छ ।
    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नदीको पानी तालिएको ठाउँमा अन्दाजी ३० बर्षको पुरुषको शव फेला परेको हो । उनको हालसम्म सनाखत भएको छैन ।
    प्रहरीले सो क्षेत्र नजिक कोही मानिस हराइरहेको भए शवको पहिचानका लागि इलाका प्रहरी कार्यालय मुग्लिनमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

    Leave a Reply