पतरिया स्वास्थ्य चौकीमा पानीको समस्या ।।

  • १० आश्विन २०७८, आईतवार १२:१३ मा प्रकाशित
  • कपिलवस्तु/जिल्लाको दक्षिण पूर्वमा अवस्थीत शुध्दोधन गाउँपालिका वडा १ पतरिया स्वास्थ्य चौकी, प्रसुती केन्द्रमा पानीको व्यवस्थापन नहुदा समस्या भएको छ । पाचवर्ष अगाडि निर्माण भएको भवनको पाइप लाइन जीर्ण भएको हुनाले पानीको चुहावट भएपछि धारा बन्द भएको हो । दुई हजार लिटर क्षमताको पानी ट्याङ्की भएपनि पाइप लाइन मर्मत नहुदा सेवा दिन समस्या भएको स्वस्थ्या चौकी प्रमुख नथुराम थारुले बताउनुभयो । प्रसुतीपछि रगत सफा गर्ने, हाथ धुनको लागी पानी आवश्यक भए पनि बाल्टिमा बोकेर काम चलाउदै आएको प्रसुती केन्द्रको स्वस्थ्याकर्मी राधा थापाले बताउनेभयो । समस्या समाधान गर्न कसैले चासो नदिएको स्थानीयहरुको गुनासो छ । वडा नम्बर १ कार्यलयले समेत समस्याप्रति चासो नदिदा सेवा लिन आउने सेवाग्रहीले समेत सस्ती खेप्नु परेको स्थानीय पृत्बीराज चौधरीले बताउनुभयो । स्वस्थ्या चौकी परिसारमा रहेको ह्यान्डपाइपबाट आउने पानी अर्सेनीकयुक्त भएको कारणले पानी खानेपानीको लागी २ सय मिटर टाढा बाहिर जानुपर्ने बाध्यता छ ।

    Leave a Reply