चट्याङ लागेर बागलुङमा एकको मृत्यु, तीन घाइते

  • ५ आश्विन २०७८, मंगलवार १२:५९ मा प्रकाशित
  • ५ असोज, बलेवा । बागलुङको जैमिनी नगरपालिका-७ को जैदीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
    सोमबार बेलुकी चट्याङ लाग्दा ६० वर्षका मुमबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको हो । घटनामा अन्य तीन जना घाइते भएका छन् ।
    घाइते हुनेमा स्थानीय ६० वर्षीय सहविरे नेपाली, १८ वर्षीया विपना नेपाली र ५७ वर्षीय लालबहादुर नेपाली हुनुहुन्छ । उनीहरूको जैदी स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । उक्त घटनामा एउटा भैँसीसमेत मरेको स्थानीय विमल शर्माले जानकारी दिए ।

    Leave a Reply