
सांसद पदबाट राजीनामा दिएका एमाले उपाध्यक्ष भीम रावललाई आफ्नो निर्णय फिर्ता लिन उनका समर्थकले दबाब दिएका छन्।
राजीनामा फिर्ता लिन दबाब दिन सुदूरपश्चिम प्रदेशका सांसद र मन्त्रीहरू काठमाडौं आएका छन्।
प्रदेशका मन्त्री र सांसदले घरमै आएर दबाब दिइरहेका एमाले सांसद झपट रावलले सेतोपाटीलाई जानकारी दिए।
एमाले उपाध्यक्षसमेत रहेका रावलले आइतबार सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका थिए।
रावलको राजीनामा अझै स्वीकृत भएको छैन।
copied:setopati

