देउवा-प्रचण्ड भेटवार्ता सकियो, मन्त्रालय बाँडफाँटबारे छलफल

  • २९ असार २०७८, मंगलवार १४:१२ मा प्रकाशित
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

    माओवादी केन्द्रको स्थायी कमिटी बैठकपछि देउवालाई भेट्न प्रचण्ड सिंहदरबार आएका थिए। सिंहदरबारमा देउवा र प्रचण्डबीच भेटवार्ता भएको थियो।

    ‘भेटवार्ता भर्खंरै सकियो,’ प्रचण्डको सचिवालय स्रोतले भन्यो।

    देउवालाई आज राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेकी छन्। आजै देउवाको सपथ हुने र सानो मन्त्रिपरिषद गठन गर्ने तयारी छ।

    मन्त्रालय बाँडफाँटका विषयमा प्रचण्ड र देउवाबीच भेटवार्ता भएको स्रोतको भनाइ छ। कांग्रेसले अर्थ मन्त्रालय आफूसँग राखेर गृह मन्त्रालय माओवादीलाई दिने तयारी रहेको स्रोतको दाबी छ।

    copied:setopati

    Leave a Reply