७९ किलो गाँजासहित मकवानपुरबाट दुई पक्राउ

  • १२ असार २०७८, शनिबार १६:०७ मा प्रकाशित
  • मकवानपुरबाट दुई जना गाँजासहित पक्राउ परेका छन्।

    शुक्रबार दिउँसो प्रहरीले राक्सिराङ गाउँपालिका-५ परेवाभीर सडकखण्डबाट दुई जनालाई पक्राउ गरेको हो।

    पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका-९ का २० वर्षीय प्रताप स्याङताङ र कैलाश गाउँपालिका-२ का ४३ वर्षीय लालबहादुर स्याङतान छन्।

    उनीहरूको साथबाट ७९ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ। अन्य ८/९ जना व्यक्ति भने भागेका थिए।

    पक्राउ परेकालाई लागुऔषध ऐन अन्तर्गत हिरासतमा राखेर अनुसन्धान थालिएको मकवानपुर प्रहरीले जनाएको छ।  

    copied:setopati

    Leave a Reply