हिक्मत थापा

एनआरएनए अफ्रिकाको स्वदेशमा अक्सिजिन आपूर्तिका लागि सहयोग अभियान अन्तर्गत आज पश्चिम नवलपरासी जिल्लामा साठी थान सिलिन्डर अक्सिजन सहयोग हस्तान्तरण गरिएको छ ।
पुर्व मन्त्री मा.देवेन्द्र कंडेलज्युको बिशेष पहलमा एनआरएनएका अफ़्रिकिन शाखाहरुको आर्थिक सहयोग,लायन्स क्लब बुटवल तथा लियो क्लब अफ रामग्राम को ब्यवस्थापनमा जिल्लामा करिब २०० थान अक्सिजन सिलिन्डर प्रदान गर्ने कार्यक्रम अनुरुप आज लुम्बिनी प्रदेश सभा सद्स्य मा.वैजनाथ जैसवाल ज्यु,जिल्ला समन्वय प्रमुख श्री शिव शंकर राय,रामग्राम कार्यपालिका सद्स्य श्री सुनिता श्रेष्ठ,समाजसेवी त्रिलोक श्रेष्ठ ,युवा सचेतना संस्था अध्यक्ष भाई इमामुल अली लगयातको उपस्तिथिमा प्रमुख जिल्ला अधिकारी श्री धर्मेन्द्र मिश्र ज्युलाई प्रारम्भिक सुरुवातमा ६० थान अक्सिजन सिलिन्डर हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
लायन्स कल्ब बुटवल स्टार एवं लायन्स 325B2 एरिया चिफ (संयोजक श्री सन्दिप कसौधन),लियो क्लब रामग्राम शाखा (अध्यक्ष श्री बिकास घिमिरे तथा रामग्राम नगरपालिका बोर्ड मेम्बर सुनिता श्रेष्ठ) लाई बुटवल क्षेत्रका पाँच जिल्लामा एनआरएनए अफ्रिकाको तर्फबाट सहयोग समन्वय गरि रहनु भएका एनआरएनए कङ्गोका अध्यक्ष अमृत क्षेत्रीले बिशेष आभार ब्यक्त गर्नु भएको छ ।
बुटवल क्षेत्रका पुर्व नवलपरासी , पश्चिम नवलपरासी , पाल्पा , अर्धाखाची र स्याङ्जा जिल्लामा एनआरएनए अफ्रिकाले अक्सिजन आपूर्तिमा सहयोग गर्दैछ । एनआरएनए कङ्गो , मोजाम्बिके , घाना र आइभोरीकोस्टले यसमा सहयोगको पहल गरि रहेका छन । त्यस क्षेत्रको एनआरएनए अफ्रिकाको तर्फबाट संयोजन गरिरहनु भएका एनआरएनए कङ्गो अध्यक्ष अमृत क्षेत्री संग थप सहयोग संयोजनका लागि सम्पर्क गर्न हुन समेत एनआरएनएका मित्रहरू र मनकारी महानुभावहरुमा अनुरोध गरिएको छ ।

