काठमाडौंमा भयानक हुरीबतास, जनजीवन प्रभावित

  • २ बैशाख २०७८, बिहीबार २२:१९ मा प्रकाशित
  • राजधानीमा बिहीबार राति भयानक हावाहुरी आएको छ । राति ९ बजेदेखि हावाहुरी चलेको हो । हावाहुरीबाट के कति क्षति भयो भन्नेबारे जानकारी प्राप्त भएको छैन । कतिपय यात्रामा भएका अथवा घरबाहिर भएकाहरु नराम्ररी प्रभावित भएका छन् । 
    देशको दक्षिण पश्चिमबाट  मेघ गर्जन र  चट्याङ सहित वर्षा गराउने बादल विकसित  भई रहेको र  उक्त प्रणाली उत्तरपूर्व तिर सर्ने क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हुरीले राजधानीको अधिकांश स्थानमा बिजुली गएकाे समाचार छ ।

    Leave a Reply