सिन्धुपाल्चोकको इन्द्रावति गापामा असार मसान्तभित्रमा गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्य सम्पन्न गर्ने निर्णय ।

  • १५ फाल्गुन २०७७, शनिबार १८:३४ मा प्रकाशित
  • अर्थ मन्त्रालय र भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी असार मसान्तभित्रमा गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्य सम्पन्न गर्ने निर्णय गरेसँगै स्थानिय तहहरुले सुपरिवेक्षक तथा गणकहरुको लागि तालिमको ब्यबस्था गर्न थालेका छन् ।

    आज सिन्धुपाल्चोकको इन्द्रावति गाउँपालिकामा गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङले ७ जना गणक तथा १ जना सुपरिवेक्षकलाई तथ्याङ्क संकलन गर्नका लागि आवश्यक पर्ने ट्याव वितरण गर्नुभएको हो । सोहि गणकहरुले गाउँपालिका भरिका गरिब घरपरिवार पहिचान तथा परिचय पत्र वितरण गर्नका लागि तथ्याङ्क संकलन गर्ने कार्य गर्ने गाउँपालिकाका मनोज दङ्गाल सुचना प्रबिधि अधिकृतले जानकारी दिनुभयो ।


    ट्याव वितरण गर्दै गाउँपालिकाका अध्यक्ष तामाङले गरिब घरपरिवार परिचय पत्रले लक्षित एवं विपन्न वर्गलाई राहत, सहुलियत, रोजगारी, सामाजिक सुरक्षा लगायतमा विशेष सहयोग पग्ने बताउँदै सुभकामना दिनुभयो । सो कार्यक्रमले गरिब तथा विपन्न वर्गलाई लक्षित गरी विभिन्न निकायबाट सञ्चालित कृषि कर्जा, सहुलियतपूर्ण व्याज, कृषिका लागि अनुदान, स्वास्थ्य उपचार, शिक्षामा सहुलियत लगायतका कार्यक्रमहरुको प्रभावकारिता अभिवृद्धि हुने गाउँपालिकाका विश्वास रहेको छ । भोली मेलम्ची नगरपालिका, इन्द्रावति गाउँपालिका , पाँचपोखरी थाङ्पाल गाउँपालिका र हेलम्बु गाउँपालिकाका गणक तथा सुपरिवेक्षकलाई जिल्ला समन्वय समितिको आयोजनामा तालिम सुरु गरिने सुचना अधिकारी दंगालले जानकारी दिनुभयो ।

    Leave a Reply