प्रहरी चौकी महुवन द्वारा लागू-औषध गाँजा फडानी गरी नस्ट

  • १४ फाल्गुन २०७७, शुक्रबार १५:११ मा प्रकाशित
  • उमेश कुशवाहा ,बिरगंज,फाल्गुन १४। पर्साको बहुदरमाई नगरपालिका -५ स्थित ढ़ोंगहि नदीको किनारमा अवैध रुपमा लागाईएको गाँजा खेती प्रहरीले फडानी गरी नस्ट गरेको छ।

    प्रहरी चौकी महुवनका प्रहरी सहायक निरीक्षक (असई) रामराज यादवको रोहबरमा गएको टोलीले लगभग ६० देखी ८० वटा गांजाको बोट फडानी गरी नस्ट गरिएको छ। तर गाँजा कसले लगाएको हो,एकिन हुन सकेको छैन।

    प्रहरी चौकी महुवनका प्रहरी सहायक निरीक्षक यादवले हिमालयन दृस्टि ऑनलाइनलाई जानकारी दिनु भयो।

    Leave a Reply