बिज्ञान प्रबिधिको युगमा जोसिलो युवाहरुको समाजलाई खाचो रहेको: जसपा अध्यक्ष

  • ११ माघ २०७७, आईतवार ०७:३६ मा प्रकाशित

  • पर्सा माघ १० । आजको बिज्ञान प्रबिधिको युगमा जोसिलो युवाहरुको समाजलाई खाचो रहेको जसपा पर्साका अध्यक्ष रामनरेश यादबले बताउनु भएको छ । युवाको शक्ति र जागर सहि स्थानमा लगाए देशको मुहार परिवर्तन हुने वहाँले बिश्वास व्यक्त गर्नुृ भयो ।


    नेपाल कम्युनिष्ट पार्टी निकट नेपाल इन्जिनियर एशोसियसनका ५५ जनाले जनता समाजवादी पार्टी निकट नेपाल इन्जिनियर समाजमा प्रवेश गरेको कार्यक्रमलाई संबोधन गर्दै प्रमुख अतिथि अध्यक्ष यादबले जसपामा स्वागत गर्दै वहाले सो धारण राख्नु भयो ।


    वीरगञ्जमा नेपाल इन्जिनियरीङ्ग समाज जिल्ला कार्यसमिति पर्सा र बाराको आयोजनामा भएको कार्यक्रममा एशोसियसनका प्रदेश अध्यक्ष राजेश राय यादब सहित ५५ जनाले प्रवेश गरेका हुन् ।


    समाजका केन्द्रिय सल्लाहकार हरीशंकर साहको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि जसपा पर्साका अधयक्ष रामनरेश यादब, पुर्व सांसद इन्जिनियर आत्मराम साह, बौद्धिक पेशाकर्मी प्रदेश न. २ का अध्यक्ष बिजय यादब, जसपा पर्साका सचिब तबरेज अहमद, नेपाल इन्जिनियर समाजका केन्द्रिय सचिब रबी कुमार पटेल, श्यामबाबु गुप्ता, शशीभुषण साह, समाजका प्रदेश उपाध्यक्ष सुजित साह, जसपाका नेता पन्नालाल साह लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    Leave a Reply