प्रहरी द्वारा १२ बिगहा १८ कठा मा लगाइएको अवैध गाजा खेती नस्ट

  • १० माघ २०७७, शनिबार १७:०० मा प्रकाशित
  • मेघराज राय जिराभवानी माघ १०/

    पर्साको सखुवा पर्सौनी गाउँ पालिका मा अबैध रुपमा लगाइएको गाजा खेती प्रहरीले फाडेर नस्ट गरेको छ ।
    ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली बाट प्रहरी निरीक्षक रामकाजी थापा को नेतृत्व मा गएको प्रहरी टोलिले सखुवा पर्सौनी गाउँ पालिका वार्ड नम्बर एक अकुवनिया मा अबैध रुपमा लगाइएको गाजा खेती फाड्नु को साथै आगो लगाएर नस्ट गरिएको प्रहरी निरीक्षक थापा ले जानकारी दिनुभयो । गाजा खेती कस्को हो भन्ने बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
    ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली का प्रहरी निरीक्षक रामकाजी थापा को पहलमा एक महिना देखि ग्रामीण क्षेत्रमा अबैध रुपमा लुकाइ छिपाइ रोपिएको गाजा फाड्ने अभियान लाई तिव्रता दिई अहिलेसम्म १२ बिगहा १८ कठा मा लगाइएको गाजा खेती फाडेर नस्ट गरिएको प्रहरी निरीक्षक थापा ले जानकारी दिनुभयो ।

    Leave a Reply