
विजाैरी, दाङ, २८ कात्तिक
प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन राष्ट्रिय आरोग्य दिवस तथा आयुर्वेदका प्रवर्तक भगवान धनवन्तरी जयन्ती मनाउने गरिन्छ ।
दाङ जिल्लाको विजाैरीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयले आज एक कार्यक्रम आयोजना गरी भगवान धनवन्तरीको पुजाआजा सहित विभिन्न क्रियाकलाप सहित २२ आै राष्ट्रिय आरोग्य दिवस तथा आयुर्वेदका प्रवर्तक भगवान धनवन्तरी जयन्ती मनाएको छ ।
प्रादेशिक आयुर्वेद चिकित्सालय, विजाैरीका निमित्त कार्यालय प्रमुख डाक्टर महेश कुमार खनालको अध्यक्षतामा भएको कार्यक्रममा चिकित्सालयका कर्मचारीहरू लगायत विभिन्न ब्यक्तिहरूको उपस्थिती रहेको थियो ।

उक्त अवसरमा चिकित्सालयको अन्तरंग विभागमा भर्ना भएका विरामीहरूलाइ फलफूल वितरण गरिएको थियो ।

