
मण्डनदेउपुर (काभ्रे )। जिल्लाको मण्डनदेउपुर नगरपालिकालाई नेपाल कम्युनिस्ट (नेकपा) मण्डनदेउपुर नगरपालिका का नेता द्वारा ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको छ ।
नगरपालिकाले जनजिबिकाको सवाल देखि लिएर जनताको हितमा बिकासका काम सोचेजती राम्रो सँग गर्न नसकेको जनतालाइ प्रत्यक्ष अनुभुती हुने कामहरु गर्न नसकेको चुनाव मा जनता सामु गरेको बाचा भुल्दै गएको भन्दै नेकपा मण्डनदेउपुर नगरपालिकाको नेता द्वारा ध्यानाकर्षण पत्र नगरपालिकालाई हस्तान्तरण गरेको हो । आगामी दिनमा जनतालाइ प्रत्यक्ष अनुभुती हुने खालका काम गर्न भन्दै नगरपालिकालाइ ध्यानाकर्षण बुझाएको नेकपा एक नेताले बताउनु भयो ।
नगरपालिकाको काममा असन्तुष्टि राख्दै केही दिन अगाडि नेपाली कंग्रेस मन्डनदेउपुर नगरले पनि नगरपालिकाको कार्यलय अगाडि धर्ना दिएको थियो ।

