प्रहरी निरीक्षक सुबेदीको बिदाई खत्रीको स्वागत ॥

  • १० आश्विन २०७७, शनिबार १३:५० मा प्रकाशित
  • कपिलवस्तु –
    ईलाका प्रहरी कार्यलय पकडी कपिलवस्तुका प्रहरी निरीक्षक गणेश सुवेदीको आज एक समारोह बिच सम्मानपुर्वक बिदाई भएको छ । सरूवा भई जानु भएका सुबेदीलाई अविर, फुलमाला र ढाकाटोपी लगाई बिदाई गरिएको छ । प्रहरी संगठनको नीति अनुसार कर्मचारीको सरूवा बढुवा हुने प्रक्रिया अनुरुप सुबेदीको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महराजगन्ज आर्थिक प्रशासन शाखा काठमाण्डौंमा सरूवा भएको हो । उहाँ २०७६-०५-०२ गतेदेखी ईलाका प्रहरी कार्यलय पकडीमा कार्यरत रहनु भएको थियो । अहिले उहाको स्थानमा आउनु भएको कृष्णा खत्रीलाई स्वागत गरिएको छ ।

    प्रहरी निरिक्षक सुबेदीले कार्यालय तथा मातहत समेत रहेका कर्मचारीहरुलाई आवश्यक जानकारीको साथै सल्लाह सुझाव समेत दिनु भएको थियो भने कृष्णा खत्रीले सुबेदीलाई विदाई गरी कार्यरत कर्मचारी तथा मातहत ईकाई समेतलाई आफ्नो अमुल्य निर्देशन दिनु भएको थियो । कार्यक्रममा उपस्थित बुद्धिजीवी व्यक्तिहरु वीच परिचात्मक कार्यक्रम समेत भएको थियो । मायादेवी गाउँपालिकाका वडा नम्बर ०८ अध्यक्ष कृष्णा नारायण तिवारीले पकडी ईलाका प्रहरी कार्यालयबाट जानु भएका सुबेदी र सोही स्थानमा आउनु भएका कृष्णा खत्रीलाई सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।

    Leave a Reply