मेलम्ची खानेपानी आयोजनाले भन्यो ‘तल्लो क्षेत्रमा माछा नमार्नु, पौडी नखेल्नु’

  • २१ असार २०७७, आईतवार २०:१४ मा प्रकाशित
  • मेलम्ची खानेपानी आयोजनाले पानीको मुहानभन्दा तल्लो तटीय क्षेत्रका स्थानीयलाई खोलामा नजान उर्दी जारी गरेको छ । आयोजनाको केन्द्रिय कार्यालयले एक सुचना जारी गर्दौ आज देखि मेलम्ची खोलाको पानी पथान्तरण गरी सुरुङ परीक्षण सुरु गरिएकाले तल्लो क्षेत्रमा जुनसुकै बेला पानीको बहाव घटबढ हुनसक्ने भन्दै उर्दी जारी गरेको हो ।

    परीक्षणका क्रममा नदीमा पानीको वहाव घटबढ हुनसक्ने भन्दै आयोजनाले नदीमा पौडी नखेल्न, माछा नमार्न र बस्तुभाउ लिएर जाँदा विशेष सावधानी अपनाउन स्थानीयलाई आग्रह गरेको छ । आयोजनाले सुरुङको प्रवेश मार्ग रहेका अम्बाथान, ग्याल्थुम र सिन्धुबाट समेत कुनैपनि समयमा पानी छाड्न सकिने भएकाले त्यस क्षेत्रका खोलानालाहरुमा जाँदा विशेष सावधानी भनिएको छ ।

    साथै आफ्नो घर वरपरको क्षेत्रमा नयाँ मूलबाट पानी निस्किएको देखिएमा तुरुन्तै आयोजनालाई खबर पनि भनिएको छ ।

    Leave a Reply