मधेश प्रदेशमा नयाँ नेतृत्व: जितेन्द्र सोनलले पाए मुख्यमन्त्रीको जिम्मा

  • ३० आश्विन २०८२, बिहीबार ०४:१२ मा प्रकाशित

  • उमेश कुशवाह, बिरगंज । मधेश प्रदेशका मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र प्रसाद सोनल नियुक्त भएका छन्।
    प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सोनललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्।

    प्रदेशसभामा दुई वा दुईभन्दा बढी दलहरूको समर्थनसहित बहुमत प्राप्त गरेपछि सोनलले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए। उक्त दाबी स्वीकृत गर्दै प्रदेश प्रमुखको कार्यालयले उनलाई औपचारिक रूपमा मुख्यमन्त्री नियुक्त गरेको हो।

    सोनललाई जनता समाजवादी पार्टी नेपाल (जसपा), जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)नेकपा (एकीकृत समाजवादी) गरी ५ दलका ५६ जना प्रदेशसभा सदस्यहरूको समर्थन प्राप्त भएको छ।