महिलाहरूले घर घरमा माटोको चुलो बनाएर छठी माताको प्रसादको तयारी, मधेश–पहाडमा भाई टीका/भाई दूज मनाइँदै ।

  • ७ कार्तिक २०८२, बिहीबार १६:५१ मा प्रकाशित

  • उमेश कुशवाहा, वीरगञ्ज

    आज घर घरमा महिलाहरूले छठिमाताको प्रसाद बनाउन माटोको चुलो बनाउन थालेको छन। आज बनाएको चुलो सुखाएर, फलफूल र अन्य सामग्री राखेर खार्णाको दिन छठी मातालाई प्रसाद बनाई अर्घ्य दिने तयारी चलिरहेको छ।

    मधेशमा आज भाइ दूज, भने पहाडी भेगमा भाइ टीका मनाइँदैछ। बहिनीहरूले भाइलाई टीका लगाई शुभकामना दिएका छन्, परिवारसँगै मिठाई र प्रसाद आदान–प्रदान भएको छ।

    स्थानीय महिलाहरूले भने —

    “माटोको चुलो बनाएर छठी माताको अर्घ्य दिने परम्परा हाम्रो सांस्कृतिक सम्पदा हो। परिवारसँग मिलेर पूजा गर्दा पर्व अझ रमाइलो हुन्छ।”

    स्थानीय बासिन्दाहरूको भनाइ अनुसार, छठ र भाई टीका/दूजले परिवार र सम्बन्धलाई जोड्ने काम गर्छ, व्यस्त जीवनबीच पनि धार्मिक र सांस्कृतिक परम्परा जगेडा हुन