
उमेश कुशवाहा, वीरगञ्ज
जेन जेड आन्दोलनका क्रममा आन्दोलनकारीद्वारा क्षति पुगेको वीरगञ्जस्थित गण्डक प्रहरी चौकीलाई आवश्यक सामग्री सहयोग गरिएको छ।
उत्कर्ष नेपाल, उपकार सेवा नेपाल र वीरगञ्ज पब्लिक कलेजको संयुक्त पहलमा चौकी सञ्चालनका लागि आवश्यक सामानहरू हस्तान्तरण गरिएको हो। सहयोग स्वरूप कुर्सी, टेबल, चालकलाई प्रयोग हुने सामान, पानी तान्ने इलेक्ट्रिक मोटर, बेडसिट, डसना, तकिया, खाना पकाउने भाँडाकुडा लगायतका सामग्री उपलब्ध गराइएका छन्।
यी सामग्रीले दैनिक कार्यालय सहज सञ्चालनमा ल्याउन, सेवाप्रवाहलाई सहज बनाउन र कानून-व्यवस्थालाई सामान्य अवस्थामा फर्काउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यस योगदानमा उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी, सदस्य सुमन बगेडिया, संरक्षक पद्मा देवी सरावगी, समाज सेवी प्रकाश थारू, बिरगंज पब्लिक कलेजका दीपक शाक्य र उत्कर्ष नेपालको सम्पूर्ण टिमको सक्रियता रहेको थियो।