राष्ट्रिय स्वतन्त्र पार्टी गोलन्जोर तीन सिन्धुलीको ऐतिहासिक प्रथम भेला सम्पन्न ।

  • १९ श्रावण २०८२, आईतवार ०१:०८ मा प्रकाशित
  • राष्ट्रिय स्वतन्त्र पार्टी सिन्धुली गोलन्जोर गाउँपालिका तिन को ऐतिहासिक प्रथम भेला भब्यताका साथ सम्पन्न भएको छ ।

    जुनेश थापाको सभापतित्त्वमा गठित नयाँ कार्यसमितिलाई रास्वपा समर्थक शुभचिन्तक सबैले देश बिदेश बाट हार्दिक बधाई तथा साङ्गठानिक सफलताको शुभकामना दिइरहनु भएको छ ।
    नव गठित कार्यसमितिमा जुनेश थापा – सभापति
    , निर्मला घिमिरे (थापा )उप -सभापति, ललिता पोखरेल -सचिब, सदस्यहरुमा सिताराम थापा,
    मोहन सार्कि, सुनिता अछामि, पुर्ण चन्द तोलाङि
    , ओम बहादुर बयलकोटि, नारायण प्रसाद तिमल्सिना, केशव लाल श्रेष्ठ , जानुका श्रेष्ठ रहेका छन् ।
    रास्वपा गोलन्जोर तिन घण्टीमय बन्दै गर्दा म मेरो र हाम्रो बाहेक अरुलाइ नचिन्ने नातावाद, कृपावाद गर्दै चली आएको पुरानो बिरासत बोकेका पाटि हरुलाई ठुलो झटका पुगेको कुरा तेज सिलवालले बताउनु भयो !!