पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला

  • १९ श्रावण २०८२, आईतवार २१:५६ मा प्रकाशित
  • पञ्चाङ्ग:०१
    आज त तुलसीको बिरुवा सार्नु पर्छ
    औषधिजन्यले भरिपूर्ण पार्नु पर्छ
    आज पर्व हाे हरिसयनी एकादशी,
    भन्दछन् यस दिन खाना नि बार्नु पर्छ
    मन भित्रको सबै विकार झार्नु पर्छ
    पञ्चाङ्ग:०२
    तुलसीको विरूवामा पानी हालेॅँ मैले।
    कसो गरी रोप्नु पर्छ जानी हालेॅँ मैले
    आज साह्रै पुन्य तिथि एकादशी रैछन्,
    पैले जसो भयो ऐले मानी हालेँ मैले
    सनातनी संस्कार यो धानी हालेँ मैले।
    -घनश्याम पौडेल,पोखरा

    पञ्चाङ्ग:०३

    हरिशयनी एकादशी परेकोछ आज
    तुलसी रोपेर मोठमा सरेकोछ आज
    सबैको घर घर मनाउने पर्व राम्रो ,
    कलश सफा गर्दे पानी भरेकोछ आज,
    भजन र किर्तन पनि गरेकोछ आज।

    -दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०४
    एकादशीमा तुलसी रोप्ने दिन आज
    तुलसी मठमा बुट्टा खोप्ने दिन आज
    मनको ईच्छा पूरा होस् है व्रत बस्नेको ,
    रङ्गिन मठमा माटो थोप्ने दिन आज
    रीतिरिवाज संस्कृति छोप्ने दिन आाज
    -धनमाया चौधरी कैलाली

    पञ्चाङ्ग:०५
    हरिशयनी एकादशी सबै मानौँ हामी
    रीतिस्थिति परम्परा सकेको धानौँ हामी
    कुरीतिले हामीलाई कुमार्गमा लैजान्छ
    यो सनातनी हिन्दु धर्म सबै जानौँ हामी
    सन्ततिलाई थाहा दिन रीति तानौँ हामी
    -सुरेश चन्द्र घिमिरे
    कपन

    पञ्चाङ्ग:०६
    तुलसी रोपण एकादशी व्रत बसियो आज
    उपासनाले ईश्वरको चरण परियो आज,
    धार्मिक कार्यले मनलाई आनन्दित तुल्यायो,
    तुलसी पुजेर धुपको वासना छरियो आज
    उनकै नाममा कलशमा जल भरियो आज।
    -शोभा आचार्य गौतम
    काठमाण्डौँ

    पञ्चाङ्ग :०७
    तुलसीको बिरुवा रोपेर आएँ
    किराले काट्छ कि त छोपेर आएँ
    धर्म संस्कार हाम्रो जगाउँ है,
    तुलसी रोप्न मठ बोकेर आएँ
    पानी जाने प्वाल त्यो खोपेर आएँ।
    -सुमित्रा पोखरेल ,काठमाडौं।

    पञ्चाङ्ग :०८

    तुलसीकाे पूजा हाे एकादशी ,तुलसी सार्यौँ नभन्नु
    उपवासले स्वस्थ्यमा लाभ मिल्छ खाना बार्यौँ नभन्नु
    धर्म धारणकाे निम्ति हाे धर्मलाई ढोंगी नबनाऔँ ,
    दिनभर भाेक भाकै बसी पेटलाई मार्यौँ नभन्नु
    सत्यको विजय हुन्छ पक्का पहिले नै हार्यौँ नभन्नु ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग-०९

    हाम्रो संस्कारलाई हामीले नै जगेर्ना गर्ने हो
    यहाँ धर्म कर्म गरेर भवसागर तर्ने हो
    आफ्नो धर्म संस्कार भन्दा ठुलो अरु केही छैन,
    तुलसी मठमा पनि संस्कारकै बिज छर्ने हो
    आफ्नै संस्कारमा जन्म्यौ आफ्नै संस्कारमा मर्ने हो।
    -पशपती राई खोटाङ ।