
उमेश कुशवाहा,वीरगंज
पर्साको पर्सागढ़ी नगरपालिका बागेश्वरी चैनपुर तित्रौना शिद्धनाथ बाबा मन्दिरको प्राँगणमा ५ दिने २४ कुण्डीय गायत्री महायज्ञ एवम प्रज्ञम पुराण कथा शुरू भएको छ।

आज शिद्धनाथ बाबा मन्दिरको प्राँगणबाट बाजा-गाजाको साथमा निकालिएको शोभा जल, कलश यात्रा चैनपुर,बागेश्वरी तित्रौना गाउँको परिक्रमा गरी चैनपुरको तिलावे नदिबाट जल लिएर पुनः शिद्धनाथ बाबाको मन्दिरमा फर्किएको गोश्वामी मोबाइलका संचालन अशोक गिरीले हिमालयन दृस्टिलाई बताउनुभयो।

भारतको शान्ति कुंज हरिद्वारबाट आउनु भएको प्रबचन कर्ता मण्डली द्वारा बिहान र बेलुका प्रत्येक दिन विभिन्न किसिमको संस्कार गराउने जस्तो कथा,प्रबचन पुंसवन,मुंडन,नामकरण,अन्नप्रशन,बिधारम्भ यज्ञोंपवित,विवाह दिवश र बिभिन्न सांस्कृतिक गीत संगीत कथा प्रबचन गरिनेछ।

२४ कुण्डीय गायत्री महायज्ञ एवम प्रज्ञम पुराण कथा शिद्धबाबा मन्दिरको प्राँगणमा चैत्र १६ गते हवन गरी समापन हुनेछ।

