
वीरगञ्ज – उपकार सेवा नेपालले क्विन ज्वेलर्स प्रा लि काठमाडौं बाट सहयोग प्राप्त व्हीलचेयर बहुदरमाई नगरपालिका वार्ड न.८ रामनगरी निवासी २८ बर्षीय प्रजा कुमार सहनी को स्वास्थ्य अवस्था ठिक नभई शारीरिक अवस्था पनि पुर्ण अपाङ्ता भएकालेे उनको स्वस्थ्यलाई ख्याल गर्दै उनलाई १ थान व्हीलचेयर निजको घरमै पुगी एक कार्यक्रम बिच हस्तान्तरण गरिएको प्रकाश थारूले जानकारी दिनु भयो।
सो कार्यक्रममा संस्थाको अध्यक्ष विद्या कुमारी सरावगी सदस्य द्वय अंकुर शर्मा पद्मा देवी सरावगी ,समाजिक अभियन्ता प्रकाश थारू र स्थानीय भद्रभलादमिहरुको समेत उपस्थिति रहेको थियो।