स्थानीय तह निर्वाचन: वीरगन्ज महानगरमा जसपाले जितको पहिलो खाता खोलेयो

  • २ जेष्ठ २०७९, सोमबार १२:४६ मा प्रकाशित
  • पर्सा । वीरगन्ज महानगरमा जसपाले खाता खोलेको छ । वडा नम्बर ३२ मा जसपा बाट उमेदवारी दिएका रियाज अहमद मिया १०९९  मत ल्याइ निर्वाचित भएका छन ।

    यहीँ शुक्रबार सम्पन्न भएको स्थानीय तह निर्वाचनको मतगणना शनिबारदेखि शुरु भएको थियो । मतगणनाको लागि पहिलोपटक महानगरको चारवटा वडाको मतपेटिका चारवटा छुट्टाछुट्टै कोठामा गणना भईरहेको थियो । सुस्त गतिमा चलिरहेको मतगणनाबाट आज पहिलो जित जसपाको हाथमा परेको छ।

    नेकपा एमाले र कांग्रेसलाई हराउदै वीरगन्ज महानगरमा जसपा पहिलो जित आफ्नो नाम गरेको छ । नेकपा एमाले ९५२ मत र कांग्रेसको ९४७ मत हुदा जसपाका मियाँ १४७ मत बढी ल्याइ विजइ भएका छन् ।

    Leave a Reply