मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा एक किशोर पक्राउ

  • २८ बैशाख २०७९, बुधबार १७:५९ मा प्रकाशित
  • पार्किङ गरी राखेको मोटरसाइकल चोरी गरेर भाग्दै गरेका वीरगंज महानगरपालिका–११ बस्ने २० वर्षीय आकाश गिरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

    वीरगंज महानगरपालिका–८ माईस्थान अगाडि पार्किङ गरी राखेको बारा बिश्रामपुर गाउँपालिका–५  बस्ने २९ वर्षीय लंकेश्वर गुप्ताको ना.३३ प ७१३८ नम्बरको मोटरसाइकल उनले चोरी गरेको प्रहरीले जनाएको छ । 

    जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको नियमित जाँच टोलीले उनलाई पक्राउ गरेको हो ।  उनीमाथि चोरी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको छ । 

    Copied:ratopati

    Leave a Reply