
जेष्ठ १४, मेघराज राय जिराभवानी – पर्साको जिराभवानी गाउपालिका वडा नं ३ मा रहेको बितो महतो जनता मा बि जितपुर नौकाटोला मा आज निःशुल्क आखा शिविर सम्पन्न भएका छन ।
समाज सेवि बिकाउ प्रसाद भण्डारी को आयोजना तथा रामकुमार महाबिर प्रसाद केडिया आखा अस्पताल परवानिपुर को प्राविधिक सहयोगमा सो शिविर सम्पन्न भएका छन। शिविरमा ४२७जना आखा बिरामीहरुलाई चेकजाच गरिएको थिए। सो मध्ये १ सय जनाको आखामा मोतिया बिन्दु देखिएको नेत्र बिषेश्ज्ञहरुले जनाएका छन। मोतियाविन्दु देखिएको बिरामीहरुलाई रामकुमार महाबिर प्रसाद केडिया आखा अस्पताल परवानी पुरमा निशुल्क शल्यक्रिया गरिने आयोजक स्थानीय समाजसेनि बिकाउ प्रसाद भण्डारी ले जनाएका छन।के
शल्यक्रियापछि बिरामीका लागि औषधी तथा चस्मा पनि निःशुल्क बितरण गरिने सामजसेबि भण्डारी ले जनाएका छन। शिविरमा रामकुमार माहबिर प्रसाद केडिया अँखा अस्पताल परवानी पुरका डा. राकेश गिरि डा . लालबाबु पटेल र डा शिवशंकर गुप्ताले बिरामी हरुको आखा चेकजाच गरेका थिए।
समाजसेबि बिकाउ प्रसाद भण्डारी को प्रमुख आतिथ्य मा समप्न्न सिबिरमा समाजसेबि नेसार समानी सामाजसेबी बिन्दु चौधरी सामाजसेबि लागाएत विभिन्न संघसंस्था का प्रतिनिधि हरुको सहभागिता सहेको थियो।

