
पकडी – कपिलवस्तुको मायादेवी गाउँपालिकमा कृत्रिम अभाव नियन्त्रणका लागि बजार अनुगमन तिब्र परिएको छ । सिमा सग जोडिएको बजार चाकरचौडा,अभिराव र पकडीमा रहेका किराना पसल ,होटेल र चाउमिन पसलमा आज अनुगमन गरेको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुको आयोजनामा अनुगमन भएको हो ।
कतिपय पसलहरुले कालोबजारी गरेको भन्ने गुनासाहरु आउने गरेकोले उक्त कार्यलाई रोक्न अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका बिनय शैनीले बताए ।
यसअघि गरिएको अनुगमनका क्रममा दिइएको निर्देशनलाई कार्यन्वयन गरे गरेनन भन्ने विषयमा पनि सोधपुछ गरिएको छ । नागरिकहरुको स्वास्थ्यलाई ख्याल गर्दै व्यवासायीहरुले गुणस्तरी खाद्य बस्तुहरु बिक्रि गर्नको लागि सुझाव दिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख शिव शंकर मिश्रले बताए ।
अनुगमन गरिएका पसलहरुमा म्याद गुज्रिएको समान जफत गरेको छ भने मुल्य सुचि नभएको, सरसफाईमा कमि लगायतका कमिकमजोरी भेटिएका छन । बजार अनुगमनको क्रममा गाउँपालिकाका प्रतिनिधि ,प्रहरी पत्रकार लगायतको सहभागिता रहेको थियो ।

