लागुऔषध कारोबारी समात्न गएका प्रहरीले मोबाइल चोरेपछि…

  • ७ माघ २०७८, शुक्रबार १२:१२ मा प्रकाशित
  • धनगढीमा मोबाइल चोरी गरेको आरोपमा दुई जना प्रहरी हिरासतमा परेका छन्।

    प्रहरी हवल्दार होमबहादुर माल र जवान भरत बुढालाई हिरासतमा राखेर चोरी मुद्दामा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

    माघ ५ गते धनगढीको मोबाइल ग्यालरीमा प्रहरी टोली पुगेको थियो। कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी टोली पुगेको थियो।

    त्यस क्रममा तीन जना लागुऔषध कारोबारी ब्राउनसुगरसहित समातिएका थिए।

    प्रहरी टोलीमा गएका माल र बुढाले एक-एक वटा मोबाइल चोरी गरेको सिसिटिभी फुटेजमा देखिएको छ।

    ‘उनीहरूबाट एउटा-एउटा मोबाइल चोरी भएको फुटेजमा देखियो, ती मोबाइल बरामद भइसकेको छ,’ अधिकारीले भने।

    पक्राउ परेकालाई शुक्रबार म्याद थपका लागि अदालतमा लैजाने प्रहरीको तयारी छ।

    Copied:setopati

    Leave a Reply