दाङमा कुटपिट गरी युवकको हत्या

  • २१ कार्तिक २०७८, आईतवार १२:१४ मा प्रकाशित
  • २१ कात्तिक । दाङमा धारिलो हतियारले हानेर एक युवकको हत्या भएको छ । युवाहरुको एक समूहले लाठी र धारिलो हतियारले हान्दा तुलसीपुर उपमहानगरपालिका-४ नयााबस्तिका २१ वर्षीय टोपबहादुर पुनमगरको मृत्यु भएको हो ।

    कुटपिटबाट सल्यान जिल्लाको कपुरकोट गाउापालिका-४ का १७ वर्षीय शंकर डाागी गम्भीर घाइते भएका छन् ।

    दाङका प्रहरी प्रमुख एसपी सुरेश काˆलेका अनुसार कुटपिटबाट गम्भीर घाइते मगरलाई उपचारका लागि आज बिहान तीन बजेतिर राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । घाइते डाागीलाई थप उपचारका लागि भारतको लखनउ लगिएको एसपी काˆलेले बताए ।

    पुन र डाँगीमाथि पुरानो रिसिइबीका कारण तुलसीपुर-४ का २० वर्षीय खिमबहादुर मगर, १८ वर्षीय रेशम थापा र २१ वर्षीय विनय मगरले लाठी र धारिलो हतियार प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको एसपी काˆलेले बताए । आरोपित सबै फरार रहेको र उनीहरूको खोजी भइरहको उनले बताए ।

    Leave a Reply