३३ किलो सुन तस्करी प्रकरण : ८ हत्या आरोपी दोषी ठहर, अन्य सबैले पाए सफाइ

  • १९ आश्विन २०७८, मंगलवार १५:१२ मा प्रकाशित
  • १९ असोज, काठमाडौं । ३३ किलो सुन तस्करी प्रकरणमा भरिया सनम शाक्यको हत्यामा संलग्न ८ जना दोषी ठहर भएका छन् । अन्य सबैले सफाइ पाएका छन् ।
    फरार रहेका २१ जनाको मुद्दा मुल्तबीमा राखिएको छ । हत्यामा जन्मकैद पाउनेमा गोरे भनिने चुडामणि उप्रेती, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले नरेन्द्र कार्की र भोजराज भण्डारी छन् । थप दुई जनालाई तीन वर्ष र ६ महीना कैद सजाय सुनाइएको छ ।
    अपहरण तथा शरीर बन्धकमा पनि गोरे मात्र दोषी ठहर भएका छन् । अन्यले सफाइ पाएका छन् ।

    Leave a Reply