धनुषामा एकै परिवारका ३ जनाको शव भेटियो

  • २३ आश्विन २०७८, शनिबार १३:५७ मा प्रकाशित
  • २३ असोज, जनकपुरधाम । धनुषाको नगराइन नगरपालिकामा एकै परिवारका तीन जनाकाे शव फेला परेकाे छ ।
    नगरपालिकाकाे वडा नम्बर ७ फुलगामा टाेलकी २४ वर्षीया गुडिया साह, उनका ५ बर्षीय छोरा अभिषेक र ३ बर्षीय आदित्य साहकाे शव घरभित्रै फेला परेकाे धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।
    उनका अनुसार गुडियाले दुबै छाेरा हत्या गरी आफूले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
    मृतक तिनै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको र अन्य अनुसन्धान भइरहेकाे डीएसपी बस्नेतले बताए ।

    Leave a Reply