प्रदेश २ सरकारले गठन गर्‍यो जनलोकपाल आयोग

  • २२ भाद्र २०७८, मंगलवार १८:०२ मा प्रकाशित
  • २२ भदौ, जनकपुरधाम । प्रदेश २ सरकारले जनलोकपाल आयोग गठन गरेको छ । आयोगको अध्यक्षमा रामसहाय यादवलाई नियुक्त गरेको छ । यस्तै शोभा महतो र राजकिशोर साह आयोगको सदस्य नियुक्त भएका छन् ।
    प्रदेश प्रमुख हरिशंकर मिश्रले मंगलबार उनीहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् ।
    प्रदेशमा आर्थिक सुशासन कायम गर्ने उद्देश्यले प्रदेश जनलोकपाल आयोग गठन गरिएको प्रदेश सरकारले जनाएको छ । आयोगको कार्यालय जनकपुरधामको मुजेलियास्थित ग्रामीण प्रशिक्षण केन्द्रभित्र राखिएको छ ।
    नवनियुक्त पदाधिकारीले मंगलबारै कार्यालय पुगेर पदभार ग्रहण गरेका छन् ।

    Leave a Reply