धनुषा : टिपरकाे ठक्करबाट माेटरसाइकल चालककाे ज्यान गयाे, स्थानीयवासीले टिप्परमा आगाे लगाए

  • १० आश्विन २०७८, आईतवार १८:४९ मा प्रकाशित
  • महोत्तरी – धनुषामा टिपरले ठक्कर दिँदा माेटरसाइकल चालककाे ज्यान गएपछि स्थानीयवासीले टिपरमा आगजनी गरेका छन् ।  

    जनकपुरधामकाे पिडारी चाेकमा ढल्केवर आइरहेको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक भारतीय नागरिक आनन्द किशोर दासको ज्यान गएकाे हाे । ठक्करबाट गम्भीर घाइते भएका दासको उपचारका क्रममा केहीबेर अघि आज आइतवार बेलुका ज्यान गएकाे प्रहरीले जनाएको छ ।

    आज दिउँसो ना ७ ख ४७४८ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो

    Leave a Reply