काठमाडौं उपत्यकामा थपिए ४ सय ९७ संक्रमित

  • ९ असार २०७८, बुधबार १८:०५ मा प्रकाशित
  • काठमाडौं उपत्यकामा थप ४ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ४ सय ७६ जनामा संक्रमण पुष्टि भएको हो।

    त्यसमध्ये काठमाडौंका ३४६ जना, ललितपुरका ९४ जना र भक्तपुरका ५७ जना छन्।

    थप २ हजार ४ सय २१ जनामा कोरोना संक्रमण देखिएको छ।

    पछिल्लो २४ घण्टामा ७४६१  जनामा पिसिआर परीक्षण गरिएकोमा १५११ पोजेटिभ देखिएको थियो भने ४९५३ को एन्टिजेन परीक्षण गरिएकोमा ९१० मा पोजेटिभ देखिएको थियो।

    पछिल्लो २४ घण्टामा कूल १२ हजार ४ सय १४ नमूना परीक्षण गरिएको थियो।  

    देशभर पछिल्लो २४ घण्टामा ३ हजार ५५८ जना कोरोनाबाट निको भएका छन्।

    copied:setopati

    Leave a Reply