मध्यरातदेखि आन्तरिक उडान सबै ठप्प, भारतमा सातामा दुई उडान हुने

  • २० बैशाख २०७८, सोमबार १४:२७ मा प्रकाशित
  • सरकारले नेपाल–भारत हुने केहीबाहेक सबै अन्तराष्ट्रिय र आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । 
    आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले आन्तरिक उडान सोमबार मध्यरातबाट बन्द गर्ने निर्णय गरेको हो भने भारतका सीमित उडानबाहेक अरु अन्तराष्ट्रिय उडान वैशाख २३  गते रातिबाट बन्द गर्ने निर्णय गरेको हो ।
    तर, आपत्कालीन उद्धार तथा हेलिकप्टर चार्टरलाई भने अनुमति दिन सकिने सरकारको भनाइ छ । 
    सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले कोरोनाका कारण हवाई उडान स्थगित गर्नुपरेको जानकारी दिए । मन्त्री गुरुङले भारतमा हुने हवाइ उडान हप्ताको सातबाट दुईमा झारिएको बताए । 

    Leave a Reply