ठोस प्रस्ताव र लिखित सहमतिबिना ओलीसँग नझुक्न नेपाललाई झाँक्रीको सुझाव

  • ३० बैशाख २०७८, बिहीबार १७:०९ मा प्रकाशित
  • काठमाडौं । एमाले नेतृ रामकुमारी झाँक्रीले ठोस प्रस्ताव र लिखित सहमतिबिना अध्यक्ष केपी ओलीसँग झुक्न नहुने बताएकी छन् ।  अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता भइरहेका बेला माधव नेपाल पक्षकी नेतृ झाँक्रीले ठोस प्रस्ताव विनाको संवादको अर्थ समेत नहुने बताएकी हुन् । 
    ‘ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलमा पर्नुहुन्न । आफूले संसद विघटन गरेको सहि थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको ईशारमा यो सबै हुँदैछ । ठोस प्रस्ताव बिनाको संवादको अर्थ छैन’, सामाजिक सञ्जाल फेसबुकमा झाँक्रीले लेखेकी छन् । 
    साथै उनले ओलीले संसद विघटन सही थियो भन्ने प्रमाणित गर्न यो सवै भइरहेको समेत दावी गर्दै जनता, लोकतन्त्र र संविधानको रक्षाको लागि हाम्रो अगाडी एक मात्र विकल्प विद्रोह भएको र आत्मसमर्पणले कम्युनिष्ट आन्दोलनको विसर्जन गर्ने बताएकी छन् । 
    ‘जनता, लोकतन्त्र र संविधानको रक्षाको लागि हाम्रो अगाडि एक मात्र विकल्प हो विद्रोह । हाम्रो आत्मसमर्पणले कम्युनिष्ट आन्दोलनको बिसर्जन गर्छ । सचेत बनौँ’, झाँक्रीको भनाई छ ।

    Leave a Reply