कार्टुनप्रति प्रधानमन्त्री ओलीको आपत्ति: प्रेत संस्थाको खल्तीमा राष्ट्रपतिलाई राखेर गणतन्त्रको अपमान गरियो

  • ९ जेष्ठ २०७८, आईतवार १५:३५ मा प्रकाशित
  • प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रकाशित भएको एक कार्टुनमा आपत्ति जनाएका छन्।

    कान्तिपुर राष्ट्रिय दैनिकको आइतबारको अंकको प्रथम पृष्ठमा कार्टुनिष्ट अविन श्रेष्ठले बनाएको कार्टुनप्रति प्रधानमन्त्री ओलीले आपत्ति जनाएका हुन्।

    कार्टुनमा प्रधानमन्त्री ओलीलाई राजाको रूपमा श्रीपेच लगाइदिएर उनको खल्तीमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई राखिएको छ।

    प्रधानमन्त्री ओलीले प्रेत संस्थाको खल्तीमा राष्ट्रपतिलाई राखेर गणतन्त्रको अपमान गर्न खोजिएको  बताए।

    ‘एउटा प्रेत संस्थाको खल्तीमा गणतन्त्रको प्रतीक राष्ट्रपतिलाई राखेर गणतन्त्रकै अपमान गर्न खोजिएको छ। यो अभिव्यक्ति स्वतन्त्रताको दुरूपयोग हो,’ प्रधानमन्त्री ‌ओलीले भने।

    प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई आफ्नो ‘खल्तीमा राखेकाले’ उनले राष्ट्रपतिले निर्वाह गर्नुपर्ने तटस्थ र अभिभावकीय भूमिका निर्वाह गर्न नसकेको भन्दै आलोचना भइरहेको छ। आइतबार बिहानैदेखि सामाजिक सञ्जालमा चर्चामा रहेको उक्त कार्टुनले अहिलेको अवस्थालाई ठ्याक्कै उतारेको धेरैले बताएका छन्।

    copied:setopati

    Leave a Reply