लोलाङ हाइटमा आगलागी, दुई दमकलले निभाउँदै

  • १२ बैशाख २०७८, आईतवार १९:२८ मा प्रकाशित
  • काठमाडौंको तारकेश्वर नगरपालिका-४ लोलाङ हाइटको एउटा घरमा आइतबार दिउँसो आगलागी भएको छ।

    सोफा बनाउने कारखानामा वेल्डिङ गर्ने क्रममा अपरान्ह साढे ४ बजेपछि आगलागी भएको वडा अध्यक्ष नरेन्द्रदास श्रेष्ठले जानकारी दिए।

    उनका अनुसार फममा आगलागी भएपछि कामदारहरू भागेका थिए। पाँच तले घरको तेस्रो तल्ला रहेको कारखानामा आगो लागेको हो।

    ‘सामान सबै जलेका छन् तर मानवीय क्षति भएको छैन,’ वडा अध्यक्ष श्रेष्ठले भने,‘दुइटा दमकलले आगो निभाइरहेका छन्। अब लगभग नियन्त्रणमा आइसक्यो।’

    आगलागीबाट भएको क्षतिको विस्तृत विवरण आइसकेको छैन।

    copied:setopati

    Leave a Reply