नयाँ सरकार बनाउन बहुमत पुगेको छैन: देउवा

  • १७ बैशाख २०७८, शुक्रबार १६:१० मा प्रकाशित
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार बनाउन बहुमत नपुगेको बताएका छन्।

    कांग्रेसले केपी शर्मा ओली सरकारको विकल्प खोज्ने र आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरिसकेको उल्लेख गरेका देउवाले नयाँ सरकार बनाउन बहुमत भने नपुगेको बताए।

    उनले जसपासँग कुरा भइरहेको पनि बताए।

    ‘जसपासँग मेरो कुरा भइरहेको छ सबै कुरा अहिले म कहाँ भन्छु?, तर अहिलेसम्म बहुमत पुगेको छैन। बहुमत पुगेपछि तपाईंहरूलाई बोलाएरै भनौंला,’ बुढानिलकण्ठमा आज आयोजित पत्रकार सम्मेलनमा देउवाले भने।

    उनले प्रधानमन्त्री ओलीविरूद्ध अविश्वास प्रस्ताव ल्याउन पनि बहुमत पुगिनसकेको बताए। अविश्वास प्रस्ताव फेल भयो भने एक वर्ष ल्याउन नपाइने भन्दै उनले त्यसका लागि तयारी राम्रो गर्नुपर्ने बताए।

    ‘अविश्वास प्रस्ताव र नयाँ सरकारका लागि संख्या पुगेको छैन,’ उनले भने।

    copied:setopati

    Leave a Reply