
तुलसीपुर
१६-वैशाख/ दाङमा करेन्ट लागेर एकै परिवारका दुई जना घाइते भएका छन् । बिहीबार (आज) बिहान १० बजेतिर दंगीशरण गाउँपालिका–१ बाँकी रामपुरस्थित ना ३ ख ९५९२ नम्बरको बसको छतमा पलाष्टिकको ड्रम राख्ने क्रममा विद्युतको नाङ्गो तारले छुदाँ करेन्ट लागेर एकै परिवारका दाजुभाइ घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ ।
दंगीशरण गाउँपालिका–१ बाँकी निवासी १८ वर्षिय बिमल डाँगी र १५ वर्षिय भुवन डाँगी घाइते भएका छन् । घाइते दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ ।

