
तुलसीपुर
१४ वैशाख / दाङमा एक व्यक्तीले ढुंगाले थिचेर श्रीमतीको हत्या गरेका छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ श्रीगैं निबासी २५ बर्षीय पदम पोख्रेलले २४ बर्षकी श्रीमती विपना रेग्मी पोख्रेललाई ढुंगाले हानेर हत्या गरेका हुन् ।
मंगलबार राति करिब ८ बजेतिर ढुंगाले हान्दा गम्भीर घाइते भएकी विपनालाई उपचारकालागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
उनको शवलाई प्रादेशिक अस्पतालमा राखिएको छ । फरार रहेका श्रीमानको खोजी कार्य भइरहेको छ । विपनाकी ४ बर्षीया छोरी छन् ।

