गुडिरहेको ट्रकमा आगलागी

  • २१ फाल्गुन २०७७, शुक्रबार १८:४९ मा प्रकाशित
  • झापामा गुडिरहेको मालवाहक ट्रकमा अचानक आगलागी भएको छ।

    invotech

    चन्द्रगढीतर्फ जाँदै गरेको ना २ ख ५८८१ नम्बरको मालवाहक ट्रकमा आगलागी हुँदा ट्रक पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

    प्रहरीले ट्रकको बाइरिङ बिग्रिएर  विद्युत् चुहावट भई आगलागी हुँदा ट्रक चालकले भागेर ज्यान बचाएको बताएको छ ।

    प्रहरीका अनुसार ट्रकमा प्लाइका टुक्रा लोड गरिएको थियो।

    कृषि विकास बैंकनजिकै ट्रकमा आगलागी भएपछि तत्काल भद्रपुर नगरपालिकाको दमकल घटनास्थल पुगेर आगो निभाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

    Leave a Reply