झाँक्री रिहाई माग गर्दै बानेश्वरमा भएको प्रदर्शनमा प्रहरीद्वारा लाठीचार्ज

  • २९ माघ २०७७, बिहीबार १९:१७ मा प्रकाशित
  • काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको विरोधमा वानेश्वर क्षेत्रमा भएको प्रदर्शनमा झडप भएको छ ।

    दाहाल-नेपाल समूह निकट युवा विद्यार्थीले गरेको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको हो ।

    सो क्रममा प्रदर्शनकारीले प्रहरीको गाडीमा ढुंगामुढा गरेको छन् भने ढुंगामुढाबाट प्रहरीको एउटा गाडीमा क्षति पुगेको छ ।
    यस्तै प्रहरीले स्थिति नियन्त्रणका लागि लाठीचार्ज गरेको छ । दोहोरो झडप हुँदा राजधानीको नयाँ वानेश्वर क्षेत्र तनावग्रस्त बनेको हो ।

    प्रदर्शनमा उत्रिएकाहरुले झाँक्रीलाई होइन, बलात्कारीलाई पक्राउ गर्न भन्दै प्रहरीविरुद्ध नाराबाजी गरेका छन् ।

    प्रदर्शनकारीले निषेधाज्ञा तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको जनाइएको छ ।

    उनले प्रधानमन्त्री केपी शर्मा ओली र उनका ‘भजन मण्डली’को पतन निश्चित भएको बताइन् । संविधानको पुनर्स्थापनापछि उनले राजनीतिलाई स्थायित्व दिने बताइन ।

    राष्ट्रपतिलाई दिएको अभिव्यक्तिबारे उनले भनिन्,‘ यो व्यक्तिभन्दा पनि प्रवृत्तिको लडाइँ हो ।’

    Leave a Reply