
कैलालीका एक जना पुरुष मृत फेला परेका छन्।
गोदावरी नगरपालिका वडा नम्बर ५ गेटाका ३५ वर्षीय शिवचरण राना शनिबार सोही ठाउँमा मृत्त फेला परेका प्रहरीले जनाएको छ।
टाउकोमा चोट लागेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए।रानाको मृत्य ‘रहस्यमय’ भएकोले अनुसन्धान गरिने डिएसपी विष्टले जानकारी दिए।

