पूर्वमाओवादी सांसद् ओली पक्षमा लागे, लुम्बिनी प्रदेशमा तरङ्ग

  • १८ पुष २०७७, शनिबार २३:२७ मा प्रकाशित
  • बुुटवल । लुुम्बिनी प्रदेश सभामा रुपन्देही क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित सांसद् दधिराम न्यौपाने नेकपा (केपी ओली पक्ष) मा लागेपछि तरङ्ग पैदा भएको छ । पूर्वमाओवादी धारका प्रत्यक्ष निर्वाचित सांसद् ओली पक्षमा खुलेर लागेपछि सो पक्ष हौसिएको छ भने प्रचण्ड–माधव नेपाल पक्ष थप चिन्तित बनेको छ ।
    नेकपा विभाजित बनेसँगै सांसदहरु तानातानमा परेको अवस्थामा प्रदेशको अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति समेत रहेका न्यौपानेले आफू अहिले सरकार पक्षतिर लागेको  बताए ।  
    उनले रातोपाटीसँग भने, ‘को कता भनेर अबिर टीका लगाएर पार्टी प्रवेश गर्ने  बिषय भएन । सर्मथन सडकमा गर्ने कि सरकारलाई गर्ने भन्ने हो । मैले अहिले सरकारलाई समर्थन गरेँ, अरु जिल्लास्तरमा साथीहरु पनि मसँगै सरकारको समर्थनमा जानु भयो ।’

    अनुप बरालसहित जिल्ला स्तरका अन्य नेता ओली समूहमा रहेको उनले दावी गरे । न्यौपाने शुरुमा प्रचण्ड–नेपाल पक्षको भेलामा पुगेर सो कित्तामा रहेको सन्देश दिएका थिए । उनले रुपन्देहीको तिलोत्तमामा पूर्वमन्त्री घनश्याम भुषाल प्रमुम अतिथि बनेको भेलामा पुगेर सम्वोधन नै गरेका थिए । 
    यहीबीचमा लुम्बिनी प्रदेश सरकारका मुुख्यमन्त्री शंकर पोखरेलको चलखेलमा ओली पक्षतिर लागेका बताइएको छ । अहिले पोखरेल पद जोगाउन सांसद आफ्नो समूहमा तान्ने अभियानमा छन् ।
    प्रदेशसभामा ६१ सांसद रहेकोमा पूर्वमाओवादीका २० सांसद रहेका छन् ।  अहिले सांसद् न्यौपाने ओलितिर लागेपछि वर्तमान पोखरेल नेतृत्वको प्रदेश सरकार थप मजबुत बनेको छ । लुम्बिनी प्रदेश नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालले अन्य  पूर्वमाओवादीका सांसदलाई पनि आफूतिर तान्नका लागि छलफल भइरहेको दावी गरे । 

    Leave a Reply