११ माघ २०७७ सर्लाही । तराई मधेशमा एक हप्ता देखि व्याप्त गहिरो हुसुले गर्दा कडा चिसोका कारण अत्यन्त कष्टकर जीवन जिउन बाध्य सर्लाही चन्द्रनगर गांउपालिकाका ५०० विपन्न परिवार, एकल महिला र अपाड.लाई गुणस्तरीय फाइवर सिरक प्रदान गरिएको छ । मसुहर, चमार, दुधास, डोम, मुस्लिम तथा अन्य समुदायका अति विपन्न परिवार र सबै जातिका विपन्न एकल महिला तथा अपाड.लाई सो फाइबर सिरक प्रदान गरिएको हो । दौतरी संस्थाको सहयोग तथा भोरको पहलमा चन्द्रनगर गांउपालिकाका उक्त मानवीय सहयोग गरिएको छ, दौतरी संस्थाका अध्यक्ष सम्पन्न स्थापीतले बताउनु भयो ।
विगतका वर्षहरुमा र यस वर्षमा पनि अत्याधिक चिसोको कारण विपन्न परिवारका कतिपय व्यक्तिहरुले ज्यान गुमाउनु परेको कारणले हामीले आवश्यकतामा रहेका विपन्न परिवार तथा जोखिम समुहका व्यक्तिहरुलाई चिसोबाट जोगउन फाइवर सिरक सहयोगको लागि पहल गरेका थियौ र दौतरी संस्थाले हाम्रो आग्रहमा सहयोग गरेको, भोरका अध्यक्ष पचुलाल माझीले बताए । चन्द्रगर गांउपालिकाका वडा नम्बर १, २, ३ ४ का ५०० परिवारमा चिसोबाट जोगाउन फाइवर सिरक वितरण गरीएको भोरका कोषाध्यक्ष उमेश कुमार साहले जानकारी दिए । वडा नम्बर ७ का सिरक वितरणलाई शिवनाथ राउतले संयोजन गरेको थियो ।
चन्द्रनगर गांउपालिका, वडा नम्बर २ को वडा अध्यक्ष राम नारायण महतोले १० माघको दिन बबरगंज मुसहर बस्तीबाट फाइवर सिरक वितरणको शुभारम्भ गर्दै भोरको पहल र दौतरीको सहयोगमा प्रदान गरिएको सहयोगको प्रसंशा गर्नु भयो । दौतरीको मानवीय सहयाताको लागि चन्द्रनगर गांउपालिका वडा नम्बर २ को कार्यालयले प्रसंशा पत्र समेत प्रदान गरेको, वडा अध्यक्ष राम नारायण महतोले जानकारी दिनु भयो ।
पिडै पिडाले भरिएको जिवन, त्यसमाथि शारिरिक अपाड.ता र अहिलेको अत्याधिक चिसोमा कामदै गरेको बिचमा गुणस्तरीय फाइवर सिरक पाए पछि अबको चिसो सित लडने सहारा भएको राजकल माझी मुसहरले बताए । समाजिक स्तरबाट प्रदान गरिएको मानवीय सहयोग गर्ने कार्य स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकारको रहेको बताउदै, आफुहरुले परोपकार तथा मानवीय सहयोगको कार्य गरेको हो, दौतरी संस्थकी उत्तरा मानन्धरले बताइन । आर्थिक, सामाजिक र सांस्कृतिक समृद्धिको अभियानमा केन्द्रित भोर संस्थाले विपद बेला र जोखिममा रहेका परिवार तथा वर्गलाई मानवीय सहायता पनि निरन्तर प्रदान गर्ने आफनो जिम्मेवारी अनुरुपनै उक्त फाइवर सिरक सहयोगको पहल गरेको भोरका संस्थापक राज कुमार महतोले जनाए ।


