साउदीमा ११ वर्ष देखी बन्धक रहेको महिलाको उद्धार:

  • ४ पुष २०७७, शनिबार ००:२६ मा प्रकाशित
  • संवाददाता

    रियाद/साउदी| बैदेशिक रोजगारिको शिलशिलामा साउदी अरबको ताबुकमा पुगेकी झापाकी लीलामायाँ धिमालको ११ बर्ष पछी उद्धार भएको गैर आवसिय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदीले जनाएको  छ।अर्कैको नाममा जारी गरीएको राहदानीमा साउदी अरब पुर्याईएको उनी ताबुक शहर स्थित साउदी नागरिकको घरमा बिगत ११ बर्ष देखी बिना तलब  बन्धक जिबन बिताएको खबर पाए लगत्तै नेपाली महावाणिज्य दुताबास जेद्दाको बिशेष पहल र गैर आवासिय नेपाली संघ साउदी अरबको समन्वयमा उनको उद्धार गरी नेपाल फिर्ता पठाईएको छ।  

    उनको उद्धारमा नेपाली महावाणिज्य दुताबास जेद्दाका श्रम सहचारी प्रेम प्रसाद उपाध्याय सहितको टोली ताबुक पुगेर कानुनी प्रकृया थाली उद्धार  गर्नुका साथै वर्षौं देखी नपाएको तलब सुविधा तथा क्षतिपूर्ती उपलब्ध गराएको थियो। 

    गैर आवसिय नेपाली संघ साउदीका अनुसार आवश्यक कानुनी प्रकृया पुरा गरी निजलाई स्वदेश फर्काईएको छ भने यस प्रक्रियामा पिडितलाई करिब दुई साताको लागि आवश्यक कानुनी प्रकृया पुरा नहुन्जेल सम्म गैर आवासीय नेपाली संघ द्वारा संचालित “RRR” मेघा परियोजना अन्तर्गत NRNA साउदी अरबले खाना र बस्नको ब्यबस्था मिलाउनुको साथै, हवाइ टिकटको लागि अंशिक रकम र पिसिआर टेस्टको लागि रकम उपलब्ध गराएको थियो। 


    उक्त कार्यमा गैर आवासिय नेपाली संघ साउदी अरबका सल्लाहकार भक्त हमाल र एनआरएनए क्षेत्रिय समन्वय समिती ताबुकको सहयोग रहेको जनाएको छ ।  

    Leave a Reply