राष्ट्रिय मानव अधिकार आयोगका केन्द्रीय तथा प्रदेश कार्यालयहरु दशैँ विदामा पनि कार्यालय खुल्ने

  • ५ कार्तिक २०७७, बुधबार २१:५६ मा प्रकाशित
  • समर्पण रम्जान

    ५ कार्तिक २०७७, काठमाडौ ! राष्ट्रिय मानव अधिकार आयोगका केन्द्रीय र प्रदेश कार्यालयहरु दशैँ विदामा पनि खुल्ने भएका छन् ।
    एक एक प्रेस बिग्यप्ती निकाल्दै आयोगले मानव अधिकार उल्लंघनका घटनाहरुको उजुरी ग्रहण गर्नका लागि १२ बजेदेखि २ बजेसम्म खुला रहनेछन् ।
    आयोगले यस अवधिमा नियमित रुपमा सञ्चार अनुगमन गर्ने तथा गम्भीर प्रकृतिका घटनामा आवश्यकता अनुसार अनुगमन गर्ने छन् ।

    प्रेस अनुसार आयोगको काम कारवाहीको विषयमा सरोकारवालालाई वा सार्वजनिक रुपमा जानकारी दिन
    प्रवक्ता, सहायक प्रवक्ता, सूचना अधिकारी र सहायक सूचना अधिकारी सहितको टोलि गठन गरिएको छ ।

    आयोगको सहसचिव डा. टीकारामपोखरेल प्रवक्तामा (९८५१०५३१२७), उपसचिव बुद्धनारायण सहनी केवट सहायक प्रवक्तामा (९८४४२७०३६३), उपसचिव सोमनाथ सुवेदी सूचना अधिकारीमा (९८५१०८३२५३), मानव अधिकार अधिकृत दुर्गा पोखरेल सहायक सूचना अधिकारीमा (९८४७११२०१८) जिम्मेवारी दिइएको राष्ट्रिय मानव अधिकार आयोगका प्रोफेसर रमजान बाबुले जानकारी दिनु भएको छ ।

    Leave a Reply